ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ चैत, २०८०
३ वर्षअघि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

Advertisement

लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो ।

चैत ६ गते झापाको पृथ्वीनगर संखुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आयोजना गरेको थियो । चैत ७ गते इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

चैत ८ गते झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारीमा कार्यक्रम आयोजना गरेको थियो । चैत ९ गते झापाको शिवगञ्ज, धनकुटाको राजारानी, सुनसरीको अमाहीबेल्हा र लौकहीमा कार्यक्रम आयोजना गरेको हो ।
चैत १० गते मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लघुवित्तको प्रवक्ता सुदिपकुमार मण्डलले जानकारी दिए ।

कार्यक्रम आयोजना गरेका २४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको थियो ।

२४ शाखाका ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र हरेक शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा लघुवित्तको केन्द्रलाई पनि पुरस्कृत गरेको थियो ।

२४ वटा शाखाले पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान गरेको थियो ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका लागि प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, आइएसडी विभाग प्रमुख विजयकुमार मण्डल र मानव संसाधन विभाग प्रमुख सुदिपकुमार मण्डलको नेतृत्वमा छुट्टा–छुट्टै टोली खटिएको थियो ।

‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लघुवित्तका सदस्यलाई संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, लेखा विभाग प्रमुख अंजयकुमार मण्डल, लघुवित्त विभाग प्रमुख मनोजकुमार साह र आइटी विभाग प्रमुख रमेश रायले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सम्बन्धित(कार्यक्रम आयोजना गरिएको) वडाका वडा अध्यक्ष, पालिका प्रमुख,उपप्रमुख, प्रदेश सांसद तथा प्रतिनिधीसभा सांसदको पनि उपस्थीति रहेको थियो ।

लघुवित्त सदस्यलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले ग्लोबल मनी वीक २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रमले लघुवित्तको ऋण सहयोगमा काम गरिरहेका सदस्यहरुलाई उत्साह मिलेको उनले बताए ।

‘कार्यक्रमले लघुवित्त र सदस्यबीचको सम्बन्ध थप मजवुत बनाएको छ,’ उनले भने,‘ उद्यम गरिरहेका सदस्य र संस्थाका कर्मचारीलाई काम गर्ने थप उत्साह मिलेको छ ।’ कार्यक्रममा सहभागि सदस्यलाई लघुवित्तले घरआँगनमा तरकारी खेती अभियान अन्तगत उन्नत जातका विभिन्न तरकारीका बिउ पनि वितरण गरेको थियो । लघुवित्तका अन्य शाखाले पनि ग्लोबल मनी ह्वीकमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्‍याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१४ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
१६ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०