बेलबारीको ‘भाइरल’ दामिनी फूलको व्यावसायिक खेती !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि

मोरङको बेलबारी नगरपालिका- ४ प्रगति चोकमा दामिनी फूल (केमोमाइल फ्लावर) को व्यावसायिक खेती थालिएको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले बेतना सिमसारनजिकमा नाै हेक्टर क्षेत्रफलमा दामिनी फूलको व्यावसायिक खेती लगाइएको हो ।

Advertisement

केमोमाइल सयपत्री परिवारको एकवर्षीय सुगन्धित बिरुवा हो ।

इजिप्ट, ग्रिस र इटालीलगायतका देशहरूमा यसको फूल विभिन्न रोगको उपचारमा प्रयोग गरिएको पाइन्छ ।

केमोमाइलका तीनवटा प्रजाति छन् ।

नेपालमा जर्मन केमोमाइलको खेती गरिन्छ ।

युरोपको रैथाने यो बिरुवा अहिले विश्वका धेरै देशहरूमा लगाइन्छ ।

प्रतिकिलो फूलको १९ हजारसम्म पर्ने गरेको इन्चार्ज राईले बताए ।

‘नौ हेक्टरमा लगाएका छौँ,’ उनले भने, ‘फूल बेच्ने हो, महँगो भाउ छ । तेल निकाल्न पाए झनै महँगो हुन्छ । विशेषगरी विदेश निर्यात गर्ने योजना छ ।’

तेल निकालेमा प्रतिलिटर ३९ देखि ५८ हजारसम्म पर्ने बताइएको छ ।

उनका अनुसार केमोमाइलको खेतीदेखि प्रशोधनसम्मका सबै काम किसानले नै गर्न सक्छन् ।

यो बलौटे, पानी नजम्ने र खुकुलो माटोमा राम्रोसँग हुर्कन्छ ।

वन्यजन्तुले नखाने र मूल्य पनि राम्रो आउने भएकाले यसको खेती दिनदिनै बढिरहेको छ ।

उनका अनुसार यो माघदेखि चैतसम्म फूल्छ ।

फागुन चैत महिना बाली सङ्कलन गर्ने उपयुक्त समय हो ।

एकनासले फूलेपछि सबै फूल तुरुन्तै सङ्कलन गर्नुपर्छ ।

फूल टिप्न ढिला गरे बिउ लाग्छ र तेल कम आउँछ ।

फूल टिप्नु एक हप्ताअघि र टिप्नेबित्तिकै पानी लगाउनु पर्छ ।

पहिलो पटक टिपेको केही समयमै यो फूल्न थाल्छ र फेरि बाली लिन सकिन्छ ।

पानी, मल र समय मिलेमा तीनपल्टसम्म फूल सङ्कलन गर्न सकिन्छ ।

एक हेक्टरमा लगाएको केमोमाइलबाट पाँचदेखि ६ किलोग्रामसम्म तेल निस्कन्छ ।

अवलोकन गर्नेको भिड

नजिकै रहेको प्रसिद्ध बेतना सिमसार रिसोर्ट छोडेर केमोमाइल अवलोकन गर्नेहरूको भिड लाग्न थालेको छ ।

लहलहलाउँदो केमोमाइलको फूलले पर्यटकलाई आकर्षित गरेपछि नजिकै रहेको बेतना सिमसार रिसोर्ट छिर्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ ।

केमोमाइल फूल हेर्न, फोटो खिच्न तथा भिडियो बनाउन आउने युवा–युवतीको घुइँचो नै लाग्ने गरेको छ ।

झन्, केही दिनयता सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि तस्बिर, भिडियो खिच्न आउनेको सङ्ख्या बढेको छ ।

पूर्व–पश्चिम राजमार्गनजिक भएका कारण आफ्ना सवारीसाधन रोकेर केमोमाइल फूलबारी अवलोकन गर्नेहरूको सङ्ख्या बढेको छ ।

ढपक्क फुलेको केमोमाइलको फूलले पर्यटकलाई आकर्षित गरेको छ ।

नौ हेक्टर क्षेत्रफलमा लगाइएको केमोमाइल बारीमा दिनहुँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी युवा–युवतीको सङ्ख्या बढी देखिने गरेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड बेलबारी शाखाका इन्चार्ज कमल राईका अनुसार विशेषगरी विदेश निर्यात गर्ने उद्देश्यका साथ केमोमाइल खेती गर्न थालिएको हो ।

केही दिनयता केमोमाइल बारीमा घुइँचो लाग्ने गरेको छ । पर्यटकहरू बारीमा टिकटक बनाउन र फोटो खिच्न व्यस्त देखिन्छन् ।

युवा–युवतीहरू हातमा मोबाइल तेर्स्याएर बारीभरि युवा–युवती देखिन्छन् भने सँगसँगै देखिन्छिन्, खेतधनी । तर थेगिनसक्नु भिडका अगाडि खेतधनीको केही लाग्दैन ।

कमल राई पनि आफ्नो अफिसमा कम ‘टिकटकर’लाई धपाउने काममा खेतबारीतिरै देखिन्छन् ।

खेती अवलोकन गर्नेहरूले बारीभित्रै पसेर भिडियो बनाउन थालेपछि बालीमा क्षति पुगेको भन्दै कम्पनीले खेतभित्र प्रवेश नगर्न अनुरोध गर्दै आएको छ ।

तर अनुरोधका बीच पनि बाली नै क्षति हुनेगरी बारीभित्रै पसेर पयर्टकले दुःख दिने गरेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड बेलबारी शाखाका इन्चार्ज राई बताउँछन् ।

‘अहिले मानिसहरू आएर बारीको बीचमा पसेर फोटो खिच्ने लडिबडी गर्दै टिकटक बनाउने गर्दा धेरै माडिएको छ,’ उनले भने, ‘वन कार्यालयलाई रिपोर्ट गरेर अहिले मान्छेहरू निकाल्ने काम गरिरहेका छौँ ।’

मोरङ : धान खेत मासेर ड्रागन फ्रुट खेती, मालामाल कमाइ

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
५ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
८ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०