मोरङको सुनवर्षी–१ केचनाका ४५ वर्षीय गणेश तुर्छा (राई) ले धान खेती मासेर थालेको ड्रागन फ्रुटले मनग्य आम्दानी दिन थालेको छ ।
प्रतिविघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उनले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका थिए ।
सुरुमा परीक्षणको रूपमा १०-१५ वटा बिरुवा लगाएर खेती सुरु गरेका गणेशले ती बिरुवाले सोचेभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गरेका हुन् ।
खोलाको किनारमा रहेको तुर्छाको ३ विघा खेतमा अहिले १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् ।
गत वर्ष वैशाखमा बिरुवा लगाएका तुर्छा राईले भने,–‘भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ । जेठदेखि उत्पादन दिनथाल्छ ।’
राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गरेका हुन् ।
अहिले उनले करिब तीन विघा जमिनबाट वार्षिक ३० लाख रुपैयाँ कमाउन थालेका छन् ।
एक करोड ५० लाख रुपैयाँ लगानी भइसकेको बताउँदै उनले तीन सय रुपैयाँका दरले बिरुवा खरिद गरेका हुन् ।
बिरुवामा मात्र ३९ लाख रुपैयाँ खर्च भएको छ ।
रोपाइँ खर्च, मल, घेरावार, सिँचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताए ।
पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाएका राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यता तिर आकर्षित भएका हुन् ।
धान, मकै, गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो ।
समयमा मल उपलब्ध नहुँदा हरेक वर्ष किसान पीडामा हुन्छन् ।
‘रसायनिक मल र विषादीबिना सोचेजस्तो उत्पादन लिन सकिन्नँ । त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उनले भने ।
नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
राईले रातो जातको बिरुवा लगाएका छन् ।
राईका अनुसार सेतोभन्दा रातो प्रतिकिलो सय रुपैयाँ बढीमा बिक्री हुनेगर्छ ।
औसत प्रतिचार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उनको भनाइ छ ।
२० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो प्राप्त हुने अपेक्षासहित धान खेत मासेर ड्रागन लगाएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ ।
मोरङमा देखियो बर्ड फ्लु, संक्रमण फैलन नदिन विज्ञ टोली परिचालन