म्यादी प्रहरीको कार्य अवधि र तलब घटाइने !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ फाल्गुण, २०७८
५ वर्षअघि
म्यादी प्रहरी

आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्य अवधि र तलब घटाउने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले  २०७९ वैशाख ३० गते हुने निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि र तलब घटाउने तयारी गरेको हो ।

Advertisement

करिब एक लाख १८ हजार म्यादी प्रहरी भर्नाको अनुमान गरिएको छ ।

विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो ।

यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।

तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ ।

म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ ।

एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ ।

निर्वाचन आउन ७५ दिन बाँकी छ ।

सोअगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ ।

विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो ।

तर यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसी अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर नआइसकेकाले म्यादी प्रहरी भर्ना प्रक्रिया नै सञ्चालन गर्न नसकेको बताउँछन् ।

यसका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागले गृह मन्त्रालयसँग समन्वय र सहकार्य गरिरहेको छ ।

कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको संयोजकत्वमा गठित प्रहरी केन्द्रीय निर्वाचन सुरक्षा सेलले निर्वाचन सुरक्षा तयारी र बजेटसम्बन्धी कार्ययोजना यसअघि नै गृह मन्त्रालयमा पठाइसकेको छ ।

प्रहरी जनशक्ति ७४ हजार, म्यादी एक लाख १८ हजार, सवारीसाधन करिब १५ सय खटाउने प्रस्तावसहित हतियारलगायत सुरक्षा तथा सञ्चार उपकरण खरिदसमेत कुल १२ अर्ब बजेट माग गरिएको उनले बताए ।

त्यस्तै, सशस्त्र प्रहरी बलबाट ३२ हजार सुरक्षाकर्मी परिचालन प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी सशस्त्र प्रहरी र म्यादी गरी करिब दुई लाख २५ हजार सुरक्षाकर्मी खटिनेछन् ।

राष्ट्रिय अनुसन्धान विभाग र सेनाको समेत केही सङ्ख्या परिचालन हुने जनाइएको छ ।

गृह मन्त्रालयले पनि स्थानीय निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी कार्ययोजना अन्तिम चरणमा पुगेको जनाएको छ ।

गृहको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको तर बजेटमा अड्किएको भनाइ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ minutes

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
४ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
४ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
४ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०