स्थानीय तहकाे निर्वाचन मिति सार्वजनिक, वैशाख ३० मा देशैभर एकै चरणमा चुनाव हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
स्थानीय तहकाे निर्वाचनका लागि बैठक

मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा निर्वाचन मितिबारे जानकारी दिए ।

Advertisement

आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनकाे मितिबारे निर्णय गरेको हो ।

‘निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ,’ सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्री कार्कीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग निर्वाचनका लागि निर्वाचन आयोगको तयारी र अवस्थाबारे सोधेका थिए ।

आयोगबाट सकारात्मक नतिजा आएपछि मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।

नेपालको संविधानले पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख गरेको छ ।

साथै, संविधानले जनप्रतिनिधिबिना स्थानीय तहको परिकल्पना गरेको छैन ।

स्थानीय तह निर्वाचन ऐन अनुसार वर्तमान स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिँदैछ ।

त्यसैले देउवा नेतृत्वकाे सरकारलाई निर्वाचनकाे उपर्युक्त मिति सार्वजनिक गर्न चर्काे दबाब परिरहेकाे थियाे ।

यसअघि प्रस्तावित निर्वाचनको मिति (जेठ १८ गते) मा निर्वाचन भए स्थानीय तह केही दिनका लागि जनप्रतिनिधिविहीन हुने हुँदा वर्तमान सरकार झनै समस्यामा परिरहेकाे थियाे ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहकाे निर्वाचनका लागि मिति ताेक्न ताकेता गरिरहेकाे बेला संविधानको व्यवस्थालाई मध्यनजर गर्दै सरकारले निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको नयाँ मिति घोषणा गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०