शीर्ष १० धनाढ्यको सूचीमा अटेनन् मार्क जुकरबर्ग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ माघ, २०७८
५ वर्षअघि

मेटाका संस्थापक मार्क जुकरबर्ग विश्वका १० अर्बपतिहरूको सूचीबाट बाहिरिएका छन् ।

हाल विभिन्न कारण मेटाको सेयरको मूल्य लगातार घट्दा जुकरबर्गको आम्दानी हुँदै गएको हो ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार उनी १३औँ स्थानमा झरेका हुन् ।

मङ्गलबारसम्म जुकरबर्गको सम्पत्ति ५.०१ प्रतिशतले कम भई ८०.३ अर्ब डलरमा पुगेको छ । अघिल्लो वर्षकै कुरा गर्ने हो भने उनी अर्बपतिहरूको सूचीमा पाँचौँ स्थानमा थिए ।

केही समयता मेटाले विभिन्न किसीमका समस्या भोग्दै आइरहेको छ ।

जसको कारण मेटाको बजार मूल्य घट्दा गत बिहीबार जुकरबर्गको नाफा ३१ अर्ब डलरले घटेको थियो ।

सो दिनसम्म उनी उत्कृष्ट १० कै सूचीमा थिए ।

मङ्गलबारमात्र उनको सम्पत्ति ४.२ अर्ब डलरले घटेको छ ।

कोरोना महामारीको समयमा मेटाअन्तर्गतको फेसबुकलाई भ्याक्सिनसम्बन्धी गलत समाचार फैलाएको आरोप लागेको थियो ।

यस्तै, सन् २०२१ को जुनमा अमेरिकी सङ्घीय सरकारले फेसबुकले आफ्ना प्रतिस्पर्धीलाई खरिद गरेको आरोपमा इन्स्टाग्राम र ह्वाट्सएप बिक्री गर्न भन्दै मुद्दा दायरसमेत गरेको थियो ।

हुन त त्यो मुद्दामा फैसला मेटाको पक्षमा नै आएको थियो ।

त्यतिमात्र नभएर हाल पहिलोपटक फेसबुकको प्रयोगकर्ता पनि घटिरहेका छन् ।

फोर्ब्सका सार्वजनिक गरेको अर्बपतिहरूको सूचीको पहिलो नम्बरमा एलन मस्क रहेका छन् ।

यस्तै, दोस्रोमा बर्नार्ड आर्नल्ड, तेस्रोमा जेफ बेजोस, चौथौमा बिल गेट्स र पाँचौँमा ल्यारी पेज रहेका छन् ।

त्यसैगरी क्रमशः वारेन बफेट, सर्गे ब्रिन, ल्यारी एलिसन, स्टिभ बालमर र दशौँमा मुकेश अम्बानी रहेका छन् ।

प्रकाशित समय: बुधबार २६ माघ, २०७८, ०७:५८:२८

सम्बन्धित खबर

क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

आईतबार २१ भदौ, २०८३
१० घण्टाअघि

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
२ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०