सरकारले प्रतिबन्ध लगाए पनि राेकिएन तीर्थस्थल र सार्वजनिकस्थलमा भिड

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ माघ, २०७८
५ वर्षअघि

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन र मेला–महोत्सवमा सरकारले रोक लगाए पनि सो आदेश प्रभावकारी नभएको पाइएको छ ।

ओमिक्रोन सङ्क्रमण दिनानुदिन बढिरहेको भन्दै गृह मन्त्रालयले सबैलाई सर्तक रहन अनुरोध गर्दै पुस २६ गते भेला नहुन र मेला–महोत्सव नगर्न निर्देशन दिएको थियो ।

सोहीअनुसार एमालेको प्रदेश अधिवेशन, आदिवासी जनजाती पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन र देशका विभिन्न स्थानमा हुने भनिएका मेला र महोत्सवहरू स्थगित भए ।

तर सरकारको निर्देशनविपरीत आज माघे सङ्क्रान्तिको अवसरमा देशका विभिन्न ठाउँमा रहेका तीर्थस्थल र मन्दिरमा व्रतालुको भिड लागेको छ । साथै विभिन्न स्थानमा मेला र महोत्सवको आयोजनासमेत गरिएको छ ।

हरेक वर्षको माघ १ गते रुरु क्षेत्रमा लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । प्रशासनले मकर मेलालाई स्थगित गरे पनि रुरु क्षेत्रमा तीथ्रालुको भिड भने उस्तै रह्यो ।

भारतको बनारससँग तुलना गरिने रुरु क्षेत्रलाई नेपालका प्रमुख चार धाममध्ये एक मान्ने गरिन्छ ।

रुरु क्षेत्रबाहेक काभ्रे जिल्लास्थित पनाैतीमा हरेक १२ वर्षमा लाग्ने गरेकाे मक्कर मेला पनि सुरू भएकाे छ । एक महिनासम्म हुने मेलामा राेक्न प्रयास गरिए पनि त्यस क्षेत्रमा श्रद्धालुकाे भीड देखिएकाे छ ।

प्रदेश १ का तीर्थस्थलमा समेत श्रद्धालुहरुको भिड देखिएको छ । मकर स्नानको लागि नेपालको पूर्वीय क्षेत्रमा परिचित माई (कन्काई) खोलामा समेत माघे सङ्क्रान्तिको अवसरमा मानिसको घुँइचो देखिएको छ ।

प्रदेश १ राजधानी विराटनगरमा रहेको शनि मन्दिरमा समेत दर्शनार्थीको लामो लाम र उपस्थिति रहेको थियो ।

तीर्थस्थल र मन्दिरबाहेक देशका विभिन्न स्थलमा आयोजित मेला, महोत्सवमा मानिसको उल्लेखनीय सङ्ख्या पाइएको छ । पूर्वनिर्धारित केही महोत्सव स्थगित भए पनि केही राष्ट्रिय कलाकार दर्शकलाई झुमाउन महोत्सवतिर उपस्थित भएका छन् ।

अझ महोत्सवमा गीत गाउँदै गर्दा स्टेजबाट नै गायक प्रमोद खरेल लडेपछि उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सरकारले संक्रमण रोक्न भिडभाड कम गर्न र आवश्यक परे स्थानीय प्रशासनले स्मार्ट लकडाउन गर्न सक्ने बताए पनि होटल, रिसोर्ट र पर्यटकीयस्थलमा मानिसको उपस्थिति बाक्लो रहेको छ ।

सार्वजनिक स्थलमा खोज कार्ड अनिवार्य गरे पनि त्यो लागू भएको पाइँदैन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले नेपालमा ओमिक्रोनको सङ्क्रमण केही सातायता ह्वात्तै बढेको बताइरहे पनि धर्म, आस्था र मनोरञ्जनको नाममा हुने यस्ता क्रियाकलापले नेपालको कोभिडको तेस्रो लहर आउने र अधिक प्रभाव पार्ने निश्चित छ ।

प्रकाशित समय: शनिवार १ माघ, २०७८, १६:५२:५१

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
७ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
१४ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०