बार्सिलोना भर्सेज रियल : उत्कृष्ट मिडफिल्डरबीचको युद्ध

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
५ वर्षअघि

स्पेनिस सुपर कप अन्तर्गतको सेमिफाइनलमा आज बार्सिलोना र रियल मड्रिड रियादमा भिड्दैछन् ।

राति सवा १ बजे सुरु हुने खेल बार्सिलोनाका पूर्व खेलाडी एवम् वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजका कारण पनि विशेष हुनेछ । आजको खेल विशेष हुनुमा मुख्यतः दुई कारण छन् ।

पहिलो प्रशिक्षकका रुपमा जाभीको पहिलो एलक्लासिको हुनेछ । जाभीको एलक्लासिकोको नतिजाले उनलाई रियलविरुद्ध बलियो स्थितीमा देखाउँछ । बार्सिलोनामा रहँदा ४२ एलक्लासिको खेलेका जाभीले १७ जित, १२ बराबरी र १३ हार व्यहोरेका छन् ।

दोस्रो, आज हुने एलक्लासिको उत्कृष्ट मिडफिल्डरबीचको युद्ध हुनेछ । एकताका बार्सिलोनाका वर्तमान प्रशिक्षक जाभी, आन्द्रेस् इनियस्टा र सर्जियो बुस्केट्सको मिडफिल्ड ट्रायोले संसार हल्लाएको थियो । तर यसपटकको कथा भने केही फरक छ ।

जाभी सन्यास लिएर प्रशिक्षकको रुपमा आफूलाई अब्बल बनाउन प्रयासरत रहँदा इनियस्टा पनि सन्यास लिएर चीन लागे । मिडफिल्डका दुई सशक्त खेलाडी गुमाएको बार्सिलोनामा एक्लिएका बुस्केट्सले त्यसयता जाभी र इनियस्टाजस्ता उत्कृष्ट खेलाडीको साथ पाउन सकिरहेका छैनन् ।

बार्सिलोनामा वियोगान्त कथा चलिरहँदा यता रियलकाे मिडफिल्ड दिनानुदिन बलियो बन्दै गइरहेको थियो । लुका मोड्रिच, टोनी क्रुज र कासमिरोसम्मेलित मिडफिल्ड ट्रायोले ला लिगाका र युरोपियन च्याम्पियन्स लिगमा आफूलाई स्थापित गर्न प्रयास गरिरह्याे र सफल भयाे ।

आजको खेलमा यिनै कथालाई हामी एकै रङ्गमञ्चमा देख्दै छौँ ।

बार्सिलोनाका चर्चित मिडफिल्ड मायस्ट्रोले आफ्नो पूरानो साथी सम्मेलित क्लबलाई टचलाइनबाट निर्देशन दिइरहँदा कुनैबेलाको चर्चित मिडफिल्ड ट्रायोको पदचाप पछ्याउँदै आफूलाई उत्कृष्ट साबित गराइसकेका रियलका ट्रायो उनको योजना असफल बनाउन प्रयासरत हुनेछन् ।

प्रकाशित समय: बुधबार २८ पुस, २०७८, १८:३०:०२

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०