अनुरोधसँगै राप्रपाको चेतावनीः पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए देशव्यापी विरोध

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ पुस, २०७८
५ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ ।

राप्रपाका नयाँ निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले  हिजाे प्रधानमन्त्री देउवालाई भेटेर पुस २७ गते सार्वजनिक बिदा दिन ज्ञापनपत्र बुझाएको हाे ।

सार्वजनिक बिदाबाहेक पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइनु पर्नेमा समेत राप्रपाले जोड दिएको छ ।

यसबाहेक, पृथ्वीनारायाण शाहको तस्बिरलाई नेपाली मुद्रामा राख्नुपर्ने माग राप्रपाको छ ।

पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मात्रै नभई राष्ट्रिय पर्वको रूपमा मनाउन थाल्नुपर्ने राप्रपाको भनाइ छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको राप्रपाले आफूहरूको माग सुनुवाइ नभए देशव्यापी विरोध प्रदर्शन गर्ने चेतावनीसमेत दिएको छ ।

अध्यक्ष लिङ्देनले लेखेको पत्रमा ‘२०७४ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वको सरकारले सार्वजनिक बिदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको भएतापनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा सार्वजनिक बिदा दिने प्रधानमन्त्रीज्यूको पूर्ववर्ति निर्णयलाई पुनः स्मरण गराउँदै आगामी पौष २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन माग गर्दछ,’ उल्लेख छ।

 

प्रकाशित समय: सोमबार १९ पुस, २०७८, १०:१८:४७
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०