‘भाइरल’ बन्ने र द्वेष पोख्ने परिपाटीबाट टाढा रहेर निष्पक्ष पत्रकारिता गर्ने उद्देश्य !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ पुस, २०७८
५ वर्षअघि

(प्रकाशकीय)

आ–आफ्नै सोच र उद्देश्य बोकेर सञ्चालित सञ्चारमाध्यमहरूको बीचमा शब्दएक्सप्रेस डटकम अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिनबाट उदाएको छ । व्यावसायिक पत्रकारिता गर्ने उद्देश्य सबैसँग मिल्न सक्ला तर पृथक सोचका साथ युवा पत्रकारहरूको समूहले थालेको यो प्रयास विफल नहुनेमा हामी विश्वस्त छाैँ ।

आफ्ना वरिपरि रहेका घटना तथा विचारलाई गुणस्तरीय एवम् सन्तुलित सामग्रीका रूपमा प्रस्तुत गर्ने जमर्कोका साथ हामी उदाउँदै गर्दा देश–दुनियाँका सूचना जतिसक्दो छिटो भुइँतहको पहुँचमा पुर्‍याउने हाम्रो प्रयासलाई सफल बनाउन तपाईहरू सबैको साथ उत्तिकै आवश्यक रहन्छ ।

पत्रकारितामा ‘थोरबहुत’ अनुभव सङ्गालेका अनि पत्रकारिता विषयमा अध्ययनरत समूहले थालेको यो प्रयत्नको उद्देश्य व्यावसायिक पत्रकारिता नै हो, यसमा कुनै सङ्कोच छैन । पछिल्लो समयमा पत्रकारिताका अनेकन विकृति छन्, समस्या छन् । त्यतातिर पनि कलम चलाउने प्रणसहित हामी उदाएका हाैँ ।

प्रविधिको तीव्र विकास तथा सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै मल्टिमिडिया जर्नालिजमको अभ्यासको अपेक्षा पनि बढेको छ, जसलाई हामी पनि आत्मसात गर्ने छौँ । यसो भन्दैमा हामी ति माध्यमहरूलाई चटक्कै बिर्सदैनाैँ, जसले हामीभन्दा अघिल्ला पुस्तालाई सूचनाको अभाव हुन दिएन, सञ्चारलाई  निरन्तरता दिएर इतिहास रच्यो । ति सबै माध्यमको जगेर्णा गर्नु हाम्रो अर्को उद्देश्य हो ।

यस्तै, ‘हु फास्ट एन्ड फर्स्ट’ को अनलाइन मिडियाको अवधारणा शिरोपर गर्ने भएपनि प्रतिस्पर्धा र व्यावसायिकताका नाममा हतारिएर, हौसिएर नभएर जिम्मेवार भई सन्तुलित, निष्पक्ष पत्रकारिता हाम्रो आन्तरिक कार्यनीति हो । पत्रकारितामा ‘भाइरल’ बन्ने होडबाजी र द्वेष पोख्ने परिपाटीबाट टाढा रहेर पक्षपात नगरी नागरिकका लागि तटस्थ रहेर निष्पक्ष पत्रकारिता गर्ने अभ्यासको थालनी गर्नेछौँ ।

समाजप्रति जिम्मेवार र जबाफदेही भएका कारण पनि हामी पत्रकारिताका समस्त अङ्गहरूको प्रयोगमा ध्यान केन्द्रित गर्नेछौँ । मुलुकमा सकारात्मक परिवर्तनका निम्ति चलेका सबैखाले अभियानलाई उद्देश्यमा हाम्रो सहयोग रहनेछ ।

प्रकाशित समय: शनिवार १७ पुस, २०७८, २२:१६:३८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०