सहज जित निकाल्दै युनाइटेड छैटौँ स्थानमा उक्लियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि

म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा बन्र्लीमाथि  ३–१ को सहज जित निकालेको छ ।

गएराती भएको खेलमा युनाइटेडलाई जिताउन क्रिस्टियानो रोनाल्डो र स्कट एमसिटोमिनेले समान एक–एक गोल गरे । युनाइटेडले एक गोल भने उपहार पाएको थियो ।

एमसिटोमिनेले खेलको आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो गोल २७औं मिनेटमा भएको थियो ।

बन्र्लीका बेन मीले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउन सहयोग गरे । युनाइटेडका जाडोन सान्चोको प्रहारलाई ब्लक गर्ने क्रममा मीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

युनाइटेडको तेस्रो गोल क्रिस्टियानोको नाममा रह्यो । एमसिटोमिनेको प्रहारलाई बन्र्लीका गोलरक्षक वेन हेनेसीले उत्कृष्ट बचाउ गर्दै बचाउने प्रयास गरे पनि रिबन्डमा आएको बललाई क्रिस्टियानोले खाली पोस्टमा सहज गोल गर्दै टोलीको जित निश्चित गरे ।

बन्र्लीका तर्फबाट एक मात्र गोल खेलको ३८औं मिनेटमा भएको थियो । एरिक बेलीको गल्तीको फाइदा उठाउँदै आरोन लेननले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा चार गोल भएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि युनाइटेडले स्पष्ट तीन अङ्क बटुल्न सफल भयो ।

जितसँगै १८ खेलमा ३१ अङ्क जोडेको युनाइटेड तालिकाको छैटौँ स्थानमा छ । यता बन्र्ली भने ११ अङ्कका साथ रेलिगेशन जोनमा झरेको छ । १६ खेल खेलेको बन्र्ली तालिकाको १८औँ स्थानमा छ ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, ०९:२६:४०

सम्बन्धित खबर

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ घण्टाअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
४ घण्टाअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२४ घण्टाअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ दिनअघि
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०