विराटनगर । भारतका विदेश सचिव विक्रम मिश्री र परराष्ट्रमन्त्री शिशिर खनालबिच शिष्टाचार भेटवार्ता भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विभिन्न छलफल भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा रहेका बेला भारतीय विदेशसचिव मिश्री आज नेपाल आएका हुन् ।