विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेमा रहेको होटल गुडलकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीका अनुसार शुक्रबार होटलमा आगलागी भएको हो।
प्रारम्भिक जानकारीअनुसार ग्यास पल्टिएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा स्थानीयस्तरबाट प्रयास भइरहेको छ ।
आगलागीबाट होटलमा भएको भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।