विराटनगर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह नेतृत्वको सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत ‘हामी सोध्छौँ’ भन्दै उनले कर वृद्धि, महँगी, बेरोजगारी, सहकारी ठगी र स्वास्थ्य सेवासहितका विषयमा सरकारसँग जवाफ मागेका हुन्।
राउतले १२ लाख रोजगारी सिर्जना गर्ने वाचा, सहकारी पीडितको रकम फिर्ता र भ्रष्टाचार नियन्त्रणको अवस्थाबारे प्रश्न गरेका छन्।
साथै, सरकारी नियुक्तिमा दलितको प्रतिनिधित्व, संघीयताको कार्यान्वयन र सरकारको कार्यशैलीमाथि पनि उनले आलोचना गरेका छन्।