रुपन्देही । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर एक अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय युवराज थारु रहेका छन्।
१० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएको आरोपमा प्रहरीले थारुलाई तिलोत्तमाको कान्छीबजारस्थित जंगलबाट गोली प्रहार गरी पक्राउ गरेको हो।
प्रहरीका अनुसार अपहरणमा परेकी बालिकाको ३७ घण्टापछि सकुशल उद्धार गरिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।