भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ असोज, २०८३
२ हप्ताअघि

भैरहवा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित एक महिला भैरहवाबाट पक्राउ परेकी छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिटोल गेटमा जाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट २ किलो ६०५ ग्राम बराबरका विभिन्न तयारी सुनका गरगहना बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीका सूचना अधिकारी डीएसपी दुर्गा बहादुर थापाका अनुसार बरामद गरगहनाको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको छ ।

रुपन्देही सुनचाँदी व्यवसायी संघसँगको समन्वयमा परीक्षण गर्दा बरामद गरगहना सुन भएको प्रमाणित भएको डीएसपी थापाले बताए ।

भारतबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख डीएसपी गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी सहायक निरीक्षक लालबहादुर केसीको टोलीले पटेललाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पटेलको साथबाट ९ थान हार, ८१ थान औंठी, थप १४ थान औंठी, १३ थान चुरा, ४ थान माला, हसुली किसिमका ८ थान सिक्री, विभिन्न डिजाइनका २४ थान सिक्री, पत्थरसहितका २० थान झुम्का, अन्य २४ थान झुम्का र साना झुम्का १० पिस बरामद भएका छन् ।

त्यस्तै, १ थान लकेट (जन्तर), १७ थान पोते, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ पिस नाकको फुली, २ पिस पत्थरवाला हार, ११ जोर कानको बाली र ८ पिस ब्रासलेटसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरगहनासहित पक्राउ परेकी पटेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरिएको छ ।

रूपन्देहीका विभिन्न सीमा नाकाबाट खुला सीमाको फाइदा उठाउँदै घरायसी सामानसँगै सुनसमेत अवैध रूपमा भित्र्याउने क्रम बढेको सुरक्षा निकायको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१८ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०