स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ असोज, २०८३
२ घण्टाअघि

विराटनगर- स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई प्राथमिकतामा राख्दै बर्जु गाउँपालिका-२ ले विकास निर्माणका कामलाई अघि बढाएको छ। वडाभित्रका आधारभूत आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगमार्फत नागरिकको दैनिक जीवन सहज बनाउने पूर्वाधार विकासमा वडा कार्यालयले जोड दिएको हो।

स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विकासका योजना छनोट गर्दा नागरिकको आवश्यकता र प्रत्यक्ष लाभलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ। सडक, नाला, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित विषयलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रयास भइरहेको छ।

Advertisement

बर्जु गाउँपालिका-२ का वडा अध्यक्ष महेन्द्रप्रसाद कामतका अनुसार वडाको विकास नागरिकको आवश्यकता र समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ। सीमित स्रोतसाधनबाट अधिकतम नागरिकलाई लाभ पुग्ने गरी योजना छनोट र कार्यान्वयन गर्ने विषयमा वडा कार्यालयले ध्यान दिइरहेको उनले बताए।

उनका अनुसार विकास निर्माणका योजना तयार गर्दा स्थानीयको आवश्यकता, बस्तीको अवस्था र प्राथमिकतालाई समेत ध्यानमा राख्ने गरिएको छ। नागरिकसँगको समन्वय र सुझावका आधारमा योजना छनोट गर्दा विकासका काम प्रभावकारी हुनुका साथै नागरिकले अपनत्व महसुस गर्ने वातावरण बन्ने उनको भनाइ छ।

वडामा सडक तथा यातायातको पहुँचलाई सहज बनाउने, आवश्यक स्थानमा नाला तथा ढल व्यवस्थापन गर्ने, खानेपानीको पहुँच विस्तार गर्ने लगायतका कामलाई प्राथमिकतामा राखिएको छ। वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्यालाई ध्यानमा राख्दै आवश्यक स्थानमा नाला निर्माण तथा मर्मतसम्भारको आवश्यकता पनि वडाको प्राथमिकतामा छ।

त्यसैगरी शिक्षा र स्वास्थ्यलाई पनि स्थानीय विकासको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ। विद्यालयको भौतिक अवस्था सुधार, खानेपानी तथा शौचालयजस्ता आधारभूत सुविधा, स्वास्थ्य संस्थामा नागरिकको सहज पहुँच र आवश्यक सेवाको उपलब्धताजस्ता विषयमा ध्यान दिइएको छ।

बर्जु-२ को आर्थिक गतिविधिसँग मुख्यगरी कृषि क्षेत्र जोडिएको छ। कृषिमा निर्भर स्थानीयलाई सिँचाइ, कृषि सामग्री, प्राविधिक सहयोग तथा उत्पादनको उचित बजार व्यवस्थापनसँग जोड्न आवश्यक प्रयास भइरहेको छ। कृषि क्षेत्रको सुधार र किसानका समस्यालाई विकास योजनासँग जोडेर अघि बढाउने कोसिममा वडा अग्रसर छ।

वडा अध्यक्ष कामतले विकास निर्माणका काममा गुणस्तर र पारदर्शितालाई प्राथमिकता दिइएकोझ बताए। योजना छनोटदेखि कार्यान्वयनसम्म नागरिकको सहभागिता र निगरानीलाई महत्त्व दिँदा विकासका कामप्रति स्थानीयको विश्वास बढ्ने उनको भनाइ छ।

वडाको विकास केवल भौतिक संरचना निर्माणमा सीमित नभइ नागरिकको जीवनस्तर सुधारसँग जोडिनुपर्ने वडा कार्यालयको बुझाइ छ। सडक बनेसँगै आवतजावत सहज हुने, खानेपानीको व्यवस्था हुँदा दैनिक जीवनमा सहजता आउने, विद्यालय तथा स्वास्थ्य संस्थाको अवस्था सुधार हुँदा नागरिकले प्रत्यक्ष लाभ पाउने भएकाले यस्ता विषयलाई प्राथमिकताका आधारमा अघि बढाइएको वडा अध्यक्ष कामत बताउँछन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०