विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नगर सभापतिमा कृष्ण कार्की निर्वाचित भएका छन् ।
असोज १५ गते भएको निर्वाचनमा कुल ७९६ मत खसेको थियो । कार्कीले ६४७ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी केशव गिरीले १२६ मत प्राप्त गरे ।
कार्कीले गिरीलाई ५२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
यस्तै, उपसभापति पदमा श्रुति शर्मा ४९५ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी कृष्णा साहले २२६ मत प्राप्त गरिन् ।