बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । पछिल्लो वर्षापछि आएको बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको बेनीदेखि मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत सुरु गरिएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम र बेनी दुवैतर्फबाट सडक मर्मत थालेको हो। आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको छ।

Advertisement

कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकको ४६ स्थानमा क्षति पुगेको आयोजनाले जनाएको छ।

मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म तथा जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक खुलाउन सडक विभाग, जलविद्युत् आयोजना तथा निर्माण व्यवसायीका उपकरण र मजदुर परिचालन गरिएको छ।

यसैबीच, असोज ११ गते कालीगण्डकीको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मतसमेत सुरु गरिने आयोजना प्रमुख शर्माले बताएका छन्।

सडक अवरुद्ध भएपछि चीनसँगको व्यापारिक कोरला नाकासँगको यातायात सम्पर्क प्रभावित भएको छ। कोरला नाकाबाट सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा मुस्ताङ तथा म्याग्दीका अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका केही क्षेत्रको यातायात सम्पर्कसमेत प्रभावित भएको छ। मुस्ताङमा उत्पादन भएको स्याउ र आलु बजारसम्म पठाउन समस्या भएको छ भने दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा लैजानसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।

सडक अवरुद्ध भएपछि मुस्ताङको पर्यटन गतिविधिसमेत प्रभावित भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

सडक खुलाउन कटिङ, फिलिङ, डाइभर्सन तथा नयाँ मार्ग खोल्नेलगायतका विकल्प अपनाइएको छ। तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा भने सडक खुलाउन चुनौती देखिएको छ।

कालीगण्डकीको कटानका कारण पुरानो सडक बगेपछि नदी आयोजनाको स्वीचयार्ड नजिकबाट बगिरहेको छ। सडक खुलाउन स्वीचयार्डमा प्रयोगमा नरहेका दुईवटा टावर हटाउनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

टावर हटाउनका लागि राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरका सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको उनले जानकारी दिए। सडक मर्मतका लागि आवश्यक इन्धन आपूर्तिलाई सहज बनाउने प्रयाससमेत भइरहेको प्रशासनले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
१९ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
२० घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
२१ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
२२ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
१ दिनअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
२ दिनअघि
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०