नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० असोज, २०८३
१ घण्टाअघि

बुटवल । लगातारको वर्षासँगै नारायणी नदीको जलसतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीले थारू टोल, सैनिक टोल, बड्की टोल र क्याम्प टोललगायतका बस्ती प्रभावित भएका छन्।

नारायणी नदीको बाढी थारू टोलमा पसेपछि सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताको टोलीले स्थानीय तथा पशुचौपायाको उद्धार गरी सुस्तामै रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको छ। जोखिममा रहेका अन्य स्थानीयलाई समेत सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ।

Advertisement

बाढीका कारण सुस्तामा डेढ सयभन्दा बढी घरमा पानी पसेको छ भने करिब २२० घरपरिवार प्रभावित भएको स्थानीयले बताएका छन्। थारू टोलका ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै होल्डिङ सेन्टरमा सारिएको थियो। शुक्रबार राति सैनिक टोल र बड्की टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

स्थानीयका अनुसार सुस्ताका करिब २५० घर डुबानमा परेका छन्। बाढीबाट प्रभावित परिवार अग्लो स्थानमा रहेका छिमेकीका घर तथा सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय लिएर बसेका छन्।

नारायणी नदीमा पानीको सतह अझै बढिरहेको भन्दै सुस्तामा थप डुबानको जोखिम रहेको छ। शुक्रबार बिहान गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ९२ हजार क्युसेक रहेकोमा शनिबार बढेर २ लाख ८० हजार क्युसेक पुगेको बताइएको छ।

जोखिमपूर्ण क्षेत्रबाट हालसम्म १६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा स्थानान्तरणको काम गरिरहेका छन्।

यसैबीच, नारायणी नदीको कटान तीव्र बन्दै जाँदा नेपाल–भारत सीमा स्तम्भका रूपमा लिइएको सिमलको रुखसमेत बगाएको स्थानीयले बताएका छन्। नदीको बहाव थप बढेमा सुस्ताका अन्य बस्तीसमेत प्रभावित हुन सक्ने जोखिम रहेको छ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान र नदी आसपासका जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०