विराटनगर । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासोपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले प्रहरीलाई अनुगमन तथा निगरानी बढाउन निर्देशन दिएका हुन्।
तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने, ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने भेटिए तत्काल कारबाही गरिने जनाइएको छ।
आवश्यक परे अन्य जिल्लामा पनि निगरानी विस्तार गरिनेछ।