बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ साउन, २०८३
१ महिनाअघि

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार किशोरले शुक्रबार बिहान आफू बस्दै आएको घरमा ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेर हत्या गरेका थिए। त्यसपछि उनी बन्दुक र गोली बोकेर विद्यालय पुगेका थिए।

देब्सिरिन विद्यालयमा पुगेपछि उनले शिक्षकहरूमाथि गोली चलाएका थिए। गोली लागेर पाँच शिक्षकको मृत्यु भएको छ भने घाइते भएका एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार किशोरले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए। त्यस क्रममा तीन शिक्षकको मृत्यु भएको थियो। त्यसपछि भर्‍याङबाट तल झर्ने क्रममा भेटिएका थप दुई जनामाथि पनि उनले गोली चलाएको प्रहरीले जनाएको छ।

गोली चलेपछि प्रहरीले विद्यालयमा सुरक्षा कारबाही अघि बढाएको थियो। बिहान करिब १०ः४० बजे किशोरलाई आफैंलाई गोली हानेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको बन्दुक र गोली किशोरकै हजुरबुबाको थियो। स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र त्यसका लागि अनुमति लिइएको थियो।

प्रकाशित समय: शनिवार २३ साउन, २०८३, ११:२२:०३

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
३ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०