विराटनगर । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ।
सर्वोच्च अदालतको फैसलासँगै उनीहरूविरुद्ध लागेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग टुंगिएको हो।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
यसअघि विशेष अदालतले २०७४ माघ १० गते गुरुङ दम्पतीलाई सफाइ दिएको थियो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुङ दम्पतीले अवैध माध्यमबाट करिब ७ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
विशेष अदालतको सफाइविरुद्ध विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।