विराटनगर । सिरहाको गोलबजार, लहानलगायत क्षेत्रमा केही दिनयता एलपी ग्यासको चरम अभाव देखिएको छ ।
ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास डिलरकहाँ घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।
गोलबजार नगरपालिका-४, लहान नगरपालिका–३ रघुनाथपुर चोक, सडक डिभिजन कार्यालय अगाडिका ग्यास डिलरलगायत स्थानमा बिहानदेखि नै उपभोक्ताको भीड देखिन्छ ।
आयल निगम र मन्त्रालयले ग्यास पर्याप्त रहेको बताइरहेको बेला पछिल्लो समय राजधानीलगायत देशका विभिन्न ठाउँमा ग्यासको कृत्रिम अभाव भइरहेको छ ।