सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ साउन, २०८३
२ महिनाअघि

काठमाडौं । सरकारले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय नियोगमा रिक्त रहेका २० राजदूत पदमा नियुक्तिको सिफारिस गर्ने तयारी अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको अध्ययन गरिरहेको र उपयुक्त उम्मेदवार छनोट गरी अर्को सातासम्म मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेको जनाएको छ।

यसपटक पहिलोपटक खुला आवेदन प्रक्रियामार्फत राजदूत नियुक्तिको सिफारिस हुन लागेको हो। खुला आवेदनमा करिब ३ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएका थिए। तीमध्येबाट योग्यता, अनुभव र मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

Advertisement

हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत र स्पेनसहित १६ देशमा राजदूत पद रिक्त रहेको छ।

यस्तै, चारवर्षे कार्यकाल पूरा भएपछि केही समयका लागि म्याद थपेर कार्यरत रहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनासमेत गरी कुल २० वटा मिसनमा नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था रहेको छ।

नेपालका हाल २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि ३ वटा स्थायी नियोग र ८ वटा महावाणिज्यदूतावास गरी कुल ३९ वटा कूटनीतिक मिसन रहेका छन्। तर सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित राजदूतावास बन्द गर्ने निर्णय गरेपछि सक्रिय मिसनको संख्या घटेको छ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्र राजदूत कार्यरत छन्।

नेपालमा राजदूत नियुक्तिको परम्परा अनुसार राजनीतिक नेतृत्वबाट सिफारिस हुने र परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञबाट नियुक्त हुने दुवै व्यवस्था कायम छ। यसपटक पनि सोही अभ्यासअनुसार राजनीतिक र करिअर दुवै समूहबाट राजदूत नियुक्त गरिने तयारी गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०