विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने आरोप अस्वीकार गरेको छ।
मन्त्रालयले निश्चित वैदेशिक रोजगार व्यवसायी म्यानपावरलाई फाइदा पुग्ने गरी एकाधिकार स्थापना गर्न लागेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।
विभिन्न सञ्चारमाध्यममा मन्त्रालयलाई जोडेर प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण जनाउँदै मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने आफ्नो नीति रहेको जनाएको छ।
