विराटनगर । नेपालकै पहिलो सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुङ्गा–थानकोट सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा सुरुङमार्ग उद्घाटन कार्यक्रम आयोजना गरिएको छ।
सार्वजनिक कार्यक्रम तालिकाअनुसार उद्घाटन कार्यक्रम बिहान १०ः२५ बजे सुरु भई दिउँसो १२ः१५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा उद्घाटन तथा अनावरणपछि मन्त्री लम्साल, जापानी राजदूत माएदा तोरु र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले सुरुङभित्र आफैं गाडी चलाएर सवारी आवागमनको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।