मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ साउन, २०८३
२ महिनाअघि

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ बबियाँ, तितोतोलिया (भुल्के पुल) स्थित श्री संसारी माई मन्दिरको जीर्णोद्धार तथा धर्म, संस्कृति र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक श्रीमद् देवीभागवत धन–धान्याञ्चल आध्यात्मिक नवाह भक्ति महोत्सव–२०८३ आयोजना हुने भएको छ।

श्री संसारी मन्दिर तथा नवाह ज्ञानमहायज्ञ समारोह समितिले असोज २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने महोत्सवका लागि तयारीलाई तीव्र बनाएको आयोजकको भनाइ छ। महोत्सवमा नेपालका चर्चित युवा कथावाचक पण्डित लक्ष्मण पौडेलद्वारा संगीतमय श्रीमद् देवीभागवत कथा वाचन तथा पण्डित माधव मिश्र द्वारा पाठ पारायण गरिनेछ। त्यस्तै ईश्वर सरदारको संयोजकत्वमा विशेष भजन–कीर्तन, देवीलीला, झाँकी तथा दर्शनको समेत व्यवस्था गरिएको  छ।

Advertisement

कार्यक्रमअन्तर्गत असोज २ गते बिहान कलश यात्रासँगै महोत्सवको शुभारम्भ गरिनेछ। त्यसपछि दैनिक श्रीमद् देवीभागवत पाठ पारायण, कथा वाचन, गंगा महाआरती, भजन–कीर्तन, झाँकी तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

यस्तै, असोज ५ गते विशेष भोग अर्पण तथा कथा वाचन, असोज ८ गते लक्षबत्ती, दीप प्रज्वलन र सम्मान कार्यक्रम तथा असोज १० गते पूर्णाहुति र तिलक–प्रसाद वितरणसँगै महोत्सव समापन गरिने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार महोत्सवबाट मन्दिरको जीर्णोद्धार, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक एकता अभिवृद्धि र समाज कल्याणका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सव सफल बनाउन विभिन्न तहका दाताका लागि सम्मानको व्यवस्था गरिएको जनाउँदै आयोजकले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०