इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ साउन, २०८३
३ महिनाअघि

विराटनगर । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी दुर्घटना राहत कोषलाई प्रभावकारी बनाउन पेट्रोलियम पदार्थ र विद्युतीय सवारी चार्जिङ शुल्कमा अतिरिक्त रकम उठाउन सरकारलाई सुझाव दिएको छ।

महासङ्घले संशोधन प्रक्रियामा रहेको सवारी ऐनमा दुर्घटना पीडितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि ‘दुर्घटना राहत कोष’ स्थापना गर्न पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युतीय सवारी साधनले प्रयोग गर्ने विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट एक रुपैयाँ थप शुल्क उठाउने व्यवस्था गर्न प्रस्ताव गरेको हो।

Advertisement

महासङ्घले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्ताव अघि सारेको हो।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार देशभर सञ्चालनमा रहेका निजी तथा सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ तथा विद्युतीय सवारीसाधनले खपत गर्ने बिजुलीमा प्रतियुनिट एक रुपैयाँ थप गरी रकम सङ्कलन गर्न सुझाव दिइएको छ।

त्यस्तै, बिमा कम्पनीहरूले सङ्कलन गर्ने तेस्रो पक्ष बिमा प्रिमियमको एक प्रतिशत रकम दुर्घटना राहत कोषमा जम्मा गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय सरकारले वार्षिक रूपमा निश्चित रकम योगदान गर्ने प्रस्तावसमेत महासङ्घले गरेको छ।

महासचिव गौतमले दुर्घटनापछि घाइतेको तत्काल उद्धार र उपचारका लागि कतिपय अवस्थामा बिमा रकम मात्र पर्याप्त नहुने भएकाले यस्तो कोष आवश्यक रहेको बताए।

उनका अनुसार दुर्घटनामा हकदार व्यक्ति फेला नपरेका गम्भीर घाइतेको उपचार, सवारीधनीले क्षतिपूर्ति दिन नसक्ने अवस्था वा तत्काल राहत आवश्यक पर्ने परिस्थितिमा कोषको रकम प्रयोग गर्न सकिनेछ।

महासङ्घले आफूहरूले दिएको सुझावलाई हाल निर्माणाधीन सवारी ऐन, २०८३ को परिच्छेद १० मा समेट्न आग्रह गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०