अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३२ असार, २०८३
१ महिनाअघि

काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक निर्धारणको मोडालिटी परिवर्तन गर्दै क्षेत्रगत, प्रदेशगत र भौगोलिक आधारमा पारिश्रमिक तोक्ने तयारी अघि बढाएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विज्ञ प्राध्यापकसहितको टोली गठन गरी विभिन्न क्षेत्र, सीप, प्रदेश र भौगोलिक अवस्थाअनुसार न्यूनतम पारिश्रमिक निर्धारण गर्ने मोडालिटी तयार पार्ने काम भइरहेको जानकारी दिएका छन्।
उद्योगी–व्यवसायीसँग बिहीबार भएको छलफलमा मन्त्री यादवले हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका साथै प्रदेशगत र सीपयुक्त जनशक्तिको आधारमा फरक–फरक न्यूनतम पारिश्रमिक निर्धारण गरिने बताए। उनका अनुसार होटल, निर्माण तथा अन्य उद्योग क्षेत्रमा कार्यरत श्रमिकका लागि पनि छुट्टाछुट्टै न्यूनतम पारिश्रमिक तोकिनेछ।
हाल चिया बगान र चिया बगानबाहेकका श्रमिकका लागि छुट्टाछुट्टै न्यूनतम पारिश्रमिक लागू छ। हाल चिया बगानबाहेकका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३०० रुपैयाँ र चिया बगानका श्रमिकको १३ हजार ८९३ रुपैयाँ रहेको छ।
श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भए पनि मन्त्रालयले यसपटक समयअघि नै नयाँ मोडालिटी तयार पार्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित समय: बिहिबार ३२ असार, २०८३, १४:५९:३०
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०