नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ असार, २०८३
३ महिनाअघि

काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। विभागले नेपाली इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै सोमबारदेखि नयाँ प्रणालीमार्फत औपचारिक रूपमा राहदानी सेवा सुरु गरेको जनाएको छ।

विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी व्यक्तिगत विवरण अत्यन्त सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गरिएको छ। यति ठूलो परिमाणमा डेटा माइग्रेसन गरिएको यो नेपालकै पहिलो र सबैभन्दा ठूलो प्राविधिक कार्य भएको विभागको दाबी छ।

Advertisement

नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती देखिन सक्ने विभागले जनाएको छ। प्रणालीमा सामान्य सुस्तता आउनुका साथै राहदानी वितरणमा केही ढिलाइ हुन सक्ने भएकाले सेवाग्राहीलाई धैर्यता अपनाउन आग्रह गरिएको छ।

सम्भावित प्राविधिक समस्याको तत्काल समाधानका लागि विभागका कर्मचारी, प्राविधिक टोली तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबिसै घण्टा तयारी अवस्थामा रहेको विभागले जनाएको छ। प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारको काम भइरहेको उल्लेख गर्दै विभागले सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०