संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ असार, २०८३
२ घण्टाअघि

विराटनगर- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङका सभापति सुकदेवप्रसाद मण्डलले सरकारले कोशी अस्पताल परिसरमा रहेको रेडक्रसको संरचना जबरजस्ती खाली गराए टेन्ट टाँगेर वा सडकमै भए पनि रक्तसञ्चार सेवा सञ्चालन गर्न तयार रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मोरङको भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति मण्डलले संरचना खाली गराइए पनि मानवीय सेवा रोक्न नसकिने र जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफूहरूले सेवालाई निरन्तरता दिने बताएका हुन्।

Advertisement

सभापति मण्डलले कोशी अस्पतालले आफ्नो दाबी गरेको देवकोटा चोकस्थित जग्गा रेडक्रसकै भएको प्रमाण आफूहरूसँग रहेको दाबी गरे। उनले मालपोत कार्यालय र नापी कार्यालयका अभिलेखमा समेत उक्त भवन तथा जग्गा रेडक्रसको नाममा रहेको उल्लेख गरे।

उनका अनुसार कोशी अस्पतालको आग्रहमा वि.सं. २०२८ सालमा तत्कालीन रेडक्रस सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाले अस्पतालकै एक सानो कोठाबाट रक्तसञ्चार सेवाको सुरुआत गरेका थिए। पछि अस्पताल व्यवस्थापन समितिको निर्णय र सरकारको स्वीकृतिपछि समाजसेवी स्व. चाँदमल राठीको सहयोगमा भवन निर्माण गरी रक्तसञ्चार सेवा सञ्चालन गरिएको थियो।

रेडक्रसले जारी गरेको प्रेस विज्ञप्तिमा रगतको कुनै कृत्रिम विकल्प नभएको उल्लेख गर्दै दुर्घटना, प्रसूति, जटिल शल्यक्रिया, क्यान्सर, थालासेमिया, रक्तअल्पतालगायतका बिरामीका लागि समयमै रगत उपलब्ध हुनु जीवन र मृत्युबीचको फरक बन्न सक्ने बताइएको छ।

विज्ञप्तिमा अस्पतालकै अनुरोध तथा निर्णयका आधारमा अस्पताल नजिकै रक्तसञ्चार सेवा सञ्चालन भइरहेको र हाल दैनिक १०० भन्दा बढी बिरामीले सेवा लिइरहेको जनाइएको छ। रेडक्रसका अनुसार हालसम्म लाखौँ बिरामीले गुणस्तरीय र सुरक्षित रक्तसेवा प्राप्त गरिसकेका छन्।

कोशी अस्पतालले २०८३ असार ५ गते १५ दिने र असार २२ गते ७ दिने सूचना जारी गर्दै हाल सञ्चालन भइरहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र हटाउन तथा खाली गर्न निर्देशन दिएको छ।

यदि उक्त केन्द्रबाट सेवा बन्द भएमा दीर्घरोगी तथा आकस्मिक अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउन कठिन हुने र मानवीय सेवा प्रभावित हुने चेतावनी रेडक्रसले दिएको छ।

सभापति मण्डलले भने, ‘रक्तसञ्चार जस्तो संवेदनशील सेवा कुनै हालतमा बन्द हुँदैन। सरकारले जबरजस्ती हटाए पनि हामी टेन्ट टाँगेर वा सडकमै बसेर सेवा दिन्छौँ।’

रेडक्रसले आफू गैरनाफामूलक तथा सेवामुखी संस्था भएकाले सरकार वा अन्य संघसंस्थाबाटआर्थिक सहयोग नपाउने जनाएको छ। रक्तसञ्चार सेवा केन्द्रमा रहेका केही सटर तथा कोठाबाट हुने आम्दानीबाट क्यान्सरका बिरामीलाई लागत सेवा शुल्कमा ५० प्रतिशत छुट, रक्तदातालाई रिफ्रेसमेन्ट, उपकरण तथा भवनको बीमा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

रेडक्रसले देवकोटा चोकस्थित केन्द्रबाटै निरन्तर सेवा सञ्चालन गर्न दिन जिल्ला तथा नगरवासी, नागरिक समाज, सञ्चारकर्मी र सम्बन्धित सरोकारवालासँग अपिल गरेको छ। साथै आगामी दिनमा सेवा थप गुणस्तरीय, आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ।

कोशी अस्पताल र रेडक्रसबीच जग्गाको स्वामित्वको विवाद चर्किँदै जाँदा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको भविष्यबारे अन्योल बढेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०