सुनवर्षीका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको नजरमा संघीय सरकारको सय दिन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ असार, २०८३
२ महिनाअघि

सुनवर्सी । सुनवर्सी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनलाई मिश्रित रूपमा सफल भएको मूल्याङ्कन गर्दै जनअपेक्षाअनुसार परिणाम दिन सरकार अझ तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन्।

बरालका अनुसार सरकारको पहिलो १०० दिनलाई प्रशासनिक दृष्टिकोणबाट हेर्दा यो अवधि सरकारका लागि ‘हनिमुन पिरियड’ पनि भएकाले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। अध्यादेशमार्फत भए पनि राज्य सञ्चालनमा गति दिन खोजिएको, सुशासनलाई अभियानका रूपमा अघि बढाइएको, संविधान संशोधनका विषय पहिचान गर्ने प्रयास गरिएको, वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको, सहकारी क्षेत्रमा देखिएका चुनौती समाधानको पहल गरिएको तथा छिमेकी देश भारत र चीनसँग विश्वासको वातावरण निर्माण गर्न खोजिएको उनको भनाइ छ।

त्यस्तै, वैदेशिक सम्बन्ध विस्तार, दातृ निकायहरूसँग सकारात्मक सम्बन्ध कायम गर्ने प्रयास तथा देशभित्र शान्ति र सुरक्षाको अनुभूति दिलाउने प्रयासलाई पनि उनले सरकारका सकारात्मक पक्षका रूपमा उल्लेख गरेका छन्।

तर, बरालका अनुसार सरकारले अपेक्षित रूपमा गर्न नसकेका धेरै कार्यहरू अझै बाँकी छन्। दुई तिहाइ समर्थन प्राप्त सरकार हुँदा पनि प्रदेश र स्थानीय तहसँग प्रभावकारी समन्वय हुन नसकेको, संविधान संशोधनलाई साझा सहमतिमा अघि बढाउन नसकिएको तथा निजामती, प्रहरी, सैनिक र न्याय क्षेत्रका कर्मचारीसँग विश्वासको वातावरण निर्माण गरी सुशासनको प्रभावकारी अभ्यास गर्न नसकिएको उनको टिप्पणी छ।

उनले घाटामा रहेका सार्वजनिक संस्थान र सरकारी कम्पनीहरूको सुधार तथा पुनर्संरचनाको स्पष्ट योजना नआएको, प्रदेश तथा स्थानीय तहको संरचनागत सुधार र आगामी निर्वाचनको मोडालिटीबारे निर्णय हुन नसकेको तथा प्रदेश शासन प्रणाली सुधारका वैकल्पिक अवधारणामा पनि ठोस बहस अघि बढ्न नसकेको उल्लेख गरेका छन्।

बरालले भारतसँगको सीमा समस्या, विदेशमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरूको सुरक्षा, बजारमा मूल्यवृद्धि नियन्त्रण तथा नियमन र प्रशासनिक संयन्त्रलाई थप सक्रिय बनाउने विषयमा पनि सरकार अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताएका छन्।

यद्यपि आगामी दिनमा सरकारले अध्यादेशमार्फत आवश्यक कानुन, विशेषगरी निजामती सेवासम्बन्धी ऐन लगायतका कानुनी व्यवस्था अघि बढाउने, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग विश्वासको वातावरण थप सुदृढ गर्ने, मिश्रित आर्थिक नीतिमार्फत उत्पादन, रोजगारी र लगानी वृद्धि गर्ने तथा सार्वजनिक संस्थान र उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सम्भावना रहेको उनको विश्वास छ।

बरालले डिजिटल सुशासनलाई तल्लो तहसम्म विस्तार गर्ने, देशभर शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने, सूचना तथा सञ्चार क्षेत्रको अराजकता नियन्त्रण गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, विदेशी तथा आन्तरिक लगानी आकर्षित गर्ने र नेपालको संविधान २०७२लाई समयानुकूल अधिकतम राजनीतिक सहमतिका आधारमा संशोधन गर्नु सरकारका प्रमुख चुनौती रहेको बताएका छन्।

उनका अनुसार सरकारको कार्यसम्पादन समग्रमा मिश्रित देखिए पनि जनविश्वास जित्दै परिवर्तनकारी परिणाम हासिल गर्न अब सरकारले सामान्य गतिमा होइन, अझ तीव्र र प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता छ। उनले सरकार केवल नियन्त्रण र नियमनमुखी नभई विकासमुखी, जनमुखी तथा भविष्यदृष्टि भएको शासन प्रणालीतर्फ उन्मुख हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित समय: बुधबार २४ असार, २०८३, ०८:५९:४२

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
१३ घण्टाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०