बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ असार, २०८३
२ घण्टाअघि

बुढीगंगा । स्थानीयस्तरमै रहेका सिर्जनशील प्रतिभा, अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बुढीगंगा गाउँपालिकाले ‘नवप्रवर्तन प्रदर्शन तथा प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले विकास बजेटको एक प्रतिशत रकम नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रमा लगानी गर्दै आयोजना गरेको प्रतियोगिताले स्थानीय नवप्रवर्द्धकहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

गाउँपालिकाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवा, विद्यार्थी, शिक्षक तथा बौद्धिक वर्गलाई आविष्कार र अनुसन्धानमा प्रेरित गर्नु, स्थानीय समस्याको स्थानीय समाधान खोज्ने संस्कार विकास गर्नु, प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्नु तथा आगामी दिनमा बुढीगंगा आविष्कार केन्द्र स्थापना गर्ने आधार तयार गर्नु रहेको छ । यही लक्ष्यका साथ प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

Advertisement

प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयसहित विभिन्न शैक्षिक संस्था र स्वतन्त्र नवप्रवर्द्धकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कुल २८ वटा आवेदन परेकामध्ये विषयविज्ञको मूल्यांकनका आधारमा १८ वटा नवप्रवर्तनात्मक परियोजना अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । प्रतियोगिताअघि सहभागीहरूलाई एकदिने अभिमुखीकरणसमेत प्रदान गरिएको थियो, जसले आफ्नो अवधारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

अन्तिम प्रतिस्पर्धामा प्रत्येक टोलीलाई आफ्नो नवप्रवर्तन प्रस्तुत गर्न १५ मिनेट समय प्रदान गरिएको थियो । विषयविज्ञहरूको मूल्यांकनपछि प्रवीणकुमार खाँ प्रथम घोषित भए । उनले वातावरणमैत्री सालको पातबाट दुना-टपरी बनाउने मेसिन विकास गरेका थिए । उक्त मेसिनबाट ८ देखि १० सेकेन्डभित्र एउटा टपरी उत्पादन गर्न सकिने, आवश्यकताअनुसार विभिन्न आकारका डाइ प्रयोग गर्न सकिने तथा सुरुमा १०-१५ हजार रुपैयाँ लागत लाग्ने मेसिन अहिले ५-६ हजार रुपैयाँमै निर्माण गर्न सकिने जानकारी उनले दिए ।

कटिङ र जोड्ने प्रणाली थप गर्ने काम अझै बाँकी रहेको उनले बताए । उनका अनुसार यसबाट उत्पादन हुने टपरी दही, पानीपुरीलगायत खाद्य सामग्रीका लागि स्वास्थ्य र वातावरण दुवै दृष्टिले उपयुक्त हुन्छ ।

दोस्रो स्थान आर्यन बजगाईंले विकास गरेको कृषि यन्त्रले प्राप्त गर्‍यो । खेतीपातीलाई आधुनिक र श्रममैत्री बनाउने उद्देश्यले तयार गरिएको उक्त यन्त्रलाई निर्णायकहरूले उपयोगी नवप्रवर्तनका रूपमा मूल्यांकन गरेका थिए।

त्यसैगरी तेस्रो स्थान मनमोहन प्राविधिक विश्वविद्यालयका मोहन घिमिरे र मनिष प्याकुरेलको टोलीले हासिल गर्‍यो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको थियो । साथै अन्तिम चरणमा छनोट भएका १८ जना सबै नवप्रवर्द्धकलाई नगदसहित सम्मान तथा पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा अर्को आकर्षक प्रस्तुतिका रूपमा सूचना प्रविधिमा आधारित प्रशासनिक जवाफदेहिता तथा गुनासो व्यवस्थापन प्रणाली पनि प्रस्तुत गरिएको थियो । करिब ५० हजार रुपैयाँको लागतमा सञ्चालन गर्न सकिने उक्त प्रणालीमार्फत नागरिकले पालिकामा अनलाइनबाट गुनासो दर्ता गर्न, आफ्नो कामको प्रगति हेर्न तथा सेवा प्रवाहलाई थप पारदर्शी बनाउन सकिने जानकारी दिइयो ।

यस्तै विराटनगर इन्टरनेशनल कलेजका गणेश दाहालले खेतीयोग्य जमिन निरन्तर घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने नवप्रवर्तनात्मक अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष सोमराज काफ्लेको सभापतित्वमा भएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै नवप्रवर्तनलाई स्थानीय विकाससँग जोड्न आवश्यक रहेको बताए। कार्यक्रममा शिक्षा शाखा प्रमुख मनिषा थापा, लक्ष्मी न्यौपाने, पदमबहादुर ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितनारायण मगरले बौद्धिक सम्पदा, अनुसन्धान र सिर्जनशीलतालाई स्थानीय विकासको आधार बनाउने लक्ष्यसहित विकास बजेटको एक प्रतिशत रकम नवप्रवर्तन क्षेत्रमा लगानी गरिएको उल्लेख गर्दै आगामी दिनमा बुढीगंगा आविष्कार केन्द्र स्थापना गरी यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाले यस्ता प्रतियोगिताले विद्यार्थी, शिक्षक, युवा अनुसन्धानकर्ता तथा आविष्कारकहरूमा सिर्जनशील सोचको विकास, अनुसन्धान संस्कृतिको प्रवर्द्धन र स्थानीय समस्याको स्थानीय समाधान खोज्ने अभ्यासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०