सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ असार, २०८३
२ महिनाअघि

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउने उद्देश्यले सहकारी ऐन संशोधन गरिएको बताएकी छन्।

शनिबार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले संशोधन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई बचतकर्ताको हितलाई केन्द्रमा राखेर ल्याइएको स्पष्ट पारिन्।

उनले सहकारी क्षेत्र आफ्नो मूल सिद्धान्त र उद्देश्यबाट विचलित भएको उल्लेख गर्दै हजारौं साना बचतकर्ताले जीवनभरको बचत फिर्ता नपाएको अवस्था अन्त्य गर्नु सरकारको पहिलो दायित्व रहेको बताइन्। तत्काल कानुनी जटिलता हटाएर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्र बनाउन संशोधन अघि बढाइएको उनको भनाइ थियो।

मन्त्री रावलले सहकारी संस्थामा सञ्चालक, ऋणी तथा उनीहरूका नातेदारको संलग्नता देखिएकाले परिवारको परिभाषालाई फराकिलो बनाइएको र सञ्चालक तथा ऋणीमाथि कडा नियमन आवश्यक रहेको बताइन्।

उनले सहकारी कोष सञ्चालनसम्बन्धी कार्यविधि २०८३ वैशाख १० गते मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको जानकारी दिँदै सांसदहरूबाट प्राप्त हुने सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सहकारी क्षेत्रका समस्या जटिल बन्दै गएकाले नियमन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले अन्तर्राष्ट्रिय निगरानीको ग्रे–लिस्टमा पर्ने जोखिमबाट जोगिन पनि कडा नियमन अपरिहार्य रहेको बताइन्।

मन्त्री रावलले सहकारीसम्बन्धी विशेष छानबिन समितिको करिब ११ सय पृष्ठ लामो प्रतिवेदनलाई नीतिगत सुधारको आधार बनाइएको उल्लेख गर्दै प्रतिवेदनका सबै सुझाव जस्ताको तस्तै कानुनमा समावेश गर्न नसकिए पनि त्यसको मर्मअनुसार सुधारका प्रयास भइरहेको बताइन्।

ऋण असुलीका क्रममा केही वास्तविक ऋणीसमेत समस्यामा परेको स्वीकार गर्दै उनले कानुनी जटिलता हटाउन संशोधन आवश्यक भएको बताउँदै यो संशोधन विशुद्ध रूपमा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया छिटो बनाउन र ऋण असुलीलाई प्रभावकारी बनाउन ल्याइएको दोहोर्‍याइन्।

उनले सरकारले सहकारीसम्बन्धी सबै निर्णय कानुनी प्रक्रिया र बचतकर्ताको हितलाई केन्द्रमा राखेर गरिरहेको स्पष्ट पार्दै प्रभावकारी कानुन निर्माणका लागि संसद्बाट आउने रचनात्मक सुझावलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित समय: आईतबार २१ असार, २०८३, ०९:२७:३४

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१३ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
१४ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
३ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०