मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० असार, २०८३
३ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियानले उल्लेखनीय प्रगति हासिल गरेको छ। प्रदेश सरकारका अनुसार हालसम्म ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा बचतकर्ताको बैंक खातामा सीधै जम्मा गरिएको छ।

अभियानअन्तर्गत अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका मागदाबी गरेका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिएको हो। ठूलो रकम बचत गरेका तथा साना बचतकर्तालाई समेत प्राथमिकताका आधारमा राहत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ। रकम सिधै बचतकर्ताको खातामा पठाइएकाले पीडितमा विश्वास र राहतको अनुभूति बढेको बताइएको छ।

Advertisement

सहकारी व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत हालसम्म १०१ वटा ऋण फुकुवा, २३० जना ऋणीबाट ऋण असुली तथा १६७ वटा बचत मिलानमार्फत ऋण समायोजन गरिएको छ। यस प्रक्रियाबाट १ करोड ५३ लाख ७४ हजार रुपैयाँ नगद ऋण असुली भएको छ भने २ करोड ९० लाख ९८ हजार ६४ रुपैयाँ ७४ पैसा बराबरको ऋण समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै, पहिलो चरणमा मागदाबी गरेका १७३ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ। बाँकी बचतकर्तालाई पनि दाबीको अवस्था र उपलब्ध स्रोतका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाइएको छ।

मन्त्री डा. इस्राईल मन्सुरीले सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्न, बचतकर्ताको हित संरक्षण गर्न तथा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताए। उनले सहकारी पीडितलाई न्याय दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बचत फिर्ता अभियानलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०