गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० असार, २०८३
३ महिनाअघि

विराटनगर। कृषकलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने तथा सिँचाइ व्यवस्थालाई सहज बनाउने उद्देश्यले बर्जु गाउँपालिका–१ वडा कार्यालयले ५० प्रतिशत अनुदानमा विद्युतीय पानी तान्ने मेसिन वितरण गरेको छ।

वडा कार्यालयले १४ वटा किसान समूहलाई उक्त मेसिन वितरण गरेको हो। प्रत्येक समूहमा तीन–तीन जना सदस्य आबद्ध रहेका छन्। कार्यक्रममार्फत कुल ४२ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

Advertisement

मेसिन वितरण कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार राय, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफी, वडा नं. १ का अध्यक्ष दिल बहादुर गुरुङ, वडा सचिव मिलन खतिवडा, लेखा शाखा प्रमुख विप्लव घिमिरे ,विपद् व्यवस्थापन प्रमुख तथा अन्य जनप्रतिनिधि र स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जिबछ कुमार रायले कृषिको आधुनिकीकरण र किसानको उत्पादन लागत घटाउन गाउँपालिकाले अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिएको बताए। उनले यस्ता कार्यक्रमले उत्पादन वृद्धि र किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष दिल बहादुर गुरुङले किसानलाई सिँचाइमा सहजता प्रदान गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विद्युतीय पानी तान्ने मेसिन वितरण गरिएको बताए। आगामी दिनमा पनि किसानको आवश्यकता अनुसार कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

बिहिबार २९ असोज, २०८३
१२ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१४ घण्टाअघि

राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
१७ घण्टाअघि

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो

बिहिबार २९ असोज, २०८३
१९ घण्टाअघि
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०