विराटनगर । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त निर्वाचन आयुक्तमा डा.राजीव सुब्बा र असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् ।