महिला र युवालाई आत्मनिर्भर बनाउँदै बर्जु–२, अचार बनाउने र उद्यमशीलता तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ असार, २०८३
२ महिनाअघि

विराटनगर । बर्जु गाउँपालिका वडा नं. २ ले महिला तथा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ अचार बनाउने तालिम र उद्यमशीलता तालिम सम्पन्न गरेको छ। वडाले स्थानीय स्तरमै सीप विकास गरी स्वरोजगार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित दुवै कार्यक्रम सञ्चालन गरेको हो।

महिलाहरूका लागि आयोजित ५ दिने अचार बनाउने तालिममा २१ जना महिलाको सहभागिता रहेको थियो। तालिममा इनरुवाकी सुशिला श्रेष्ठले सहजीकरण गर्दै च्याउको अचार, मेथीको अचार लगायत विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरेकी थिइन्।

तालिम समापन कार्यक्रममा बर्जु गाउँपालिका – २  का वडा अध्यक्ष महेन्द्र प्रसाद कामतले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत पनि महिलालाई आत्मनिर्भर बनाउने यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी उद्यमशीलता विकास तालिम पनि सञ्चालन गरिएको थियो। २० जना युवाको सहभागिता रहेको उक्त तालिममा रमेश कुमार चौधरीले सहजीकरण गरेका थिए।

गाउँपालिका अध्यक्ष कामतले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा सिकेको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्दै आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न सकून् भन्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरिएको बताए। उनले युवालाई स्वरोजगार र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न गाउँपालिका निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिए।

वडाले सञ्चालन गरेका यी तालिमहरूले महिलालाई आयआर्जनमा जोड्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ। स्थानीय तहको यस्ता सीपमूलक कार्यक्रमले आर्थिक सशक्तीकरण र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: मङ्गलबार १६ असार, २०८३, १८:२२:५०

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१५ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
१६ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
३ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०