युवालाई लक्षित गर्दै रतुवामाईमा लागुऔषधविरुद्ध महाअभियान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ असार, २०८३
४ हप्ताअघि

रतुवामाई । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा युवा पुस्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले लागुऔषध विरुद्ध महाअभियान सम्पन्न गरिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाको आयोजनामा भएको कार्यक्रममा स्थानीय सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सरस्वती माध्यमिक विद्यालय, इटहराका विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटक रहेको थियो । नाटकमार्फत लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बूले लागुऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय सरकार, सञ्चारमाध्यम र सम्पूर्ण समुदायको साझा दायित्व भएको बताए । उनले अपराध भएपछि कारबाही गर्नु मात्र समाधान नभई अपराध हुन नदिन समयमै सचेतना फैलाउनु आवश्यक रहेको उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले लागुऔषध नियन्त्रण प्रहरीको मात्र दायित्व नभई राज्य, स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको साझा जिम्मेवारी भएको बताए । युवालाई सही बाटोमा डोर्‍याउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले नगरपालिकाले लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई प्राथमिकतामा राख्दै विद्यालय र समुदायमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए । स्वस्थ, सुरक्षित र लागुऔषधमुक्त रतुवामाई निर्माणका लागि सबै नागरिकको साथ आवश्यक रहेको उनले उल्लेख गरे ।

उपप्रमुख दमयन्तादेवी चुँडालले किशोर–किशोरी र युवालाई लागुऔषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय र स्थानीय सरकारबीच बलियो समन्वय आवश्यक रहेको बताइन् । सचेतना नै लागुऔषध नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।

मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटुवालले लागुऔषधविरुद्ध प्रहरीले कानुनी कारबाहीसँगै सचेतनामूलक अभियानलाई पनि प्राथमिकता दिएको बताए । उनले लागुऔषधको अवैध कारोबार र प्रयोगमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै, नागरिकलाई सूचना र सहयोगमार्फत प्रहरीसँग सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: मङ्गलबार १६ असार, २०८३, १६:२२:५८

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०