विराटनगर । प्रधानमन्त्री बालेन शाहमाथि गोली प्रहार गरी हत्या गर्ने योजना बनाएको आरोपमा धनुषाबाट दुई जना किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका कमन यादव र सुधिर मुखिया रहेका छन्। उनीहरूबाट प्रहरीले एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार दुवै जनालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।