कम्युनिस्ट एकतामाथि गोकुल बाँस्कोटाको कटाक्ष– ‘फुटेको हाँडी फेरि जोड्ने प्रयास’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ असार, २०८३
३ महिनाअघि

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पछिल्लो समय चलिरहेको कम्युनिस्ट दलहरूबीचको एकता र सहकार्यको प्रयासमाथि तीखो टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो प्रयासलाई “पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग” को संज्ञा दिएका छन्।

कम्युनिस्ट शक्तिहरूलाई पुनः एकताबद्ध गर्ने बहस तीव्र भइरहेका बेला बाँस्कोटाले नेतृत्व तहकै भूमिकामाथि प्रश्न उठाएका हुन्। उनका अनुसार राजनीतिक संकट र विभिन्न खतराको चित्र प्रस्तुत गर्दै कार्यकर्ता तथा जनतामाझ आकर्षक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ। तर यस्ता तर्कहरू वास्तविक रूपमा आफ्नै असफलता ढाकछोप गर्न र शक्ति–सत्ता जोगाउन प्रयोग गरिएका “भुत्ते हतियार” मात्र भएको उनको टिप्पणी छ।

Advertisement

बाँस्कोटाले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने वास्तविक इच्छा भए नेतृत्वले सबैभन्दा पहिले विगतमा पार्टी विभाजन गर्नु गल्ती थियो भन्ने आत्मस्वीकार गर्नुपर्ने बताएका छन्। उनले नेतृत्वको नैतिकतामाथि समेत प्रश्न उठाउँदै भनेका छन्, “यदि साँच्चै सुधार चाहिएको हो भने नेतृत्वले आफू पद र शक्ति छोडेर नयाँ पुस्ता र सहकर्मीलाई अघि बढ्न दिने नैतिक साहस देखाउन सक्छ?”

उनको भनाइले अहिले कम्युनिस्ट वृत्तमा चलिरहेको एकताको प्रयास केवल शक्ति सन्तुलन र राजनीतिक समीकरणमा सीमित रहेको संकेत गरेको छ। बाँस्कोटाको टिप्पणीले नेतृत्वको आत्मसमीक्षा, जिम्मेवारीबोध र राजनीतिक संस्कारबारे नयाँ बहससमेत सुरु गराएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०