१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ असार, २०८३
३ महिनाअघि

विराटनगर । विराटनगर इन्टरनेशनल कलेज (बीआईसी) ले करिब १ अर्ब रुपैयाँ (१०० करोड) को लगानीमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ क्याम्पस निर्माण गरी दुई अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
स्थापनाको १०औँ वर्ष पूरा गरेको अवसरमा शुक्रबार विराटनगरस्थित बिग होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत कलेजले नयाँ परियोजनाबारे जानकारी दिएको हो।


कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार विराटनगर–१० मा निर्माणाधीन नयाँ क्याम्पस आगामी एक वर्षभित्र सञ्चालनमा आउनेछ। नयाँ भवनबाट बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ वुल्भरह्याम्पटनसँगको सहकार्यमा बी.एस्सी. (अनर्स) साइबर सेक्युरिटी र इन्टरनेशनल मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए) कार्यक्रम सञ्चालन गरिनेछ।

Advertisement


अध्यक्ष बुढाथोकीले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ठूलो रकम खर्चेर विदेश जान बाध्य भइरहेका बेला अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै सुलभ शुल्कमा उपलब्ध गराउने उद्देश्यले नयाँ कार्यक्रम ल्याइएको बताए।
उनका अनुसार नयाँ क्याम्पसमा आधुनिक कक्षाकोठा, अत्याधुनिक प्रविधि प्रयोगशाला, साइबर सुरक्षा ल्याब, नवप्रवर्तन (इनोभेसन) केन्द्र तथा विद्यार्थीमैत्री पूर्वाधार निर्माण गरिनेछ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै उद्योग–केन्द्रित व्यावहारिक अनुभवसमेत प्रदान गर्ने विश्वास कलेजले लिएको छ।
सन् २०१३ (वि.सं. २०७०) मा स्थापना भएको बीआईसीले हाल बी.एस्सी. (अनर्स) कम्प्युटर साइन्स र इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले सफ्टवेयर विकास, साइबर सुरक्षा र डिजिटल प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय परियोजनासँग जोड्ने लक्ष्य लिएको जनाएको छ।
कलेजका अनुसार नयाँ परियोजनाले पूर्वी नेपाललाई शिक्षा, नवप्रवर्तन, प्रविधि तथा उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न टेवा पुग्नेछ। साथै विराटनगरलाई सूचना प्रविधि (आईटी) र नवप्रवर्तनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्दै दक्ष प्राविधिक जनशक्ति उत्पादन, अनुसन्धान, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०