रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ असार, २०८३
२ महिनाअघि

रंगेली । मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

रंगेली नगरपालिका वडा नम्बर ७ को आयोजना तथा एम.आई. मिडिया हाउसको समन्वयमा बिहीबार कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाले पछिल्लो समय किशोर तथा युवापुस्तामाझ लागूऔषध सेवनका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि केवल प्रहरी प्रशासनको प्रयास मात्र पर्याप्त नहुने बताए ।

परिवार, विद्यालय, स्थानीय तह र समाजका सबै पक्षको संयुक्त पहलबाट मात्रै लागूऔषधविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिने उनको भनाइ थियो । उनले लागुऔषध तथा साइबर अपराधबाट टाढा रहँदै अध्ययन र सिर्जनात्मक गतिविधिमा ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै रंगेली नगरपालिकाका प्रमुख भूमा पराजुलीले लागूऔषधको जोखिमबाट किशोर तथा युवापुस्तालाई जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । यसैले रंगेली नगरपालिकाले आगामी आर्थिक वर्षमा नाटक मञ्चनसहितको प्रभावकारी कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएको पनि उनको भनाइ छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका रोशन श्रेष्ठले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराध, अनलाइन ठगी, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा डिजिटल माध्यमको जिम्मेवार प्रयोगबारे समेत सचेतना प्रदान गरेका थिए । उनले किशोरावस्थामा कुलत र साइबर अपराधको जोखिम बढ्दै गएकाले विद्यार्थीहरूले सही सूचना, सकारात्मक संगत र अनुशासित जीवनशैली अपनाउन आवश्यक रहेको बताए ।

कार्यक्रमका वडाध्यक्ष रामचन्द्र मण्डल, विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङ, सहायक प्रधानाध्यापक सिताराम मण्डल तथा वडा सदस्य अनिल महतोको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागूऔषध दुर्व्यसन र साइबर सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने वक्ताहरूले त्यसबारे आवश्यक जानकारी दिएका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमको सञ्चालन सञ्चारकर्मी माधव काफ्लेले गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा लागूऔषध दुर्व्यसन तथा साइबर सुरक्षाबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार १२ असार, २०८३, ०८:१८:०२
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०