भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ असार, २०८३
३ महिनाअघि

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न विद्यालयहरूमा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।

समाज विकास केन्द्र, नेपालले गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा लागुऔषध नियन्त्रण तथा दुर्व्यसनविरुद्धको जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो ।

साथै पछिल्लो समय युवापुस्तामा बढ्दो लागुऔषध प्रयोगको जोखिम, त्यसबाट उत्पन्न हुने स्वास्थ्य, सामाजिक तथा आर्थिक समस्याका विषयमा समेत सचेतना फैलाइएको आयोजकले जनाएको छ।

प्रमुख अतिथि मन्त्री मन्सुरीले समाजलाई लागुऔषधमुक्त बनाउन विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए ।

उनले युवाहरूलाई कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरिएको थियो ।

विभिन्न सचेतनामूलक प्रस्तुति, अन्तरक्रिया तथा जानकारीमूलक सत्रमार्फत लागुऔषध नियन्त्रणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो ।

समाज विकास केन्द्र, नेपालले विद्यालय केन्द्रित यस्ता कार्यक्रममार्फत किशोर–किशोरी तथा युवाहरूलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट जोगाउन र सचेत समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०