प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ असार, २०८३
२ घण्टाअघि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रदेशसभा खारेज गर्ने एजेन्डा त्यागेर सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।

रास्वपाले महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यस्तो कदम ठूलो भूल हुने चेतावनी दिएका हुन्।

Advertisement

उनले रास्वपाको उक्त सम्भावित निर्णयप्रति विधिको शासन र राष्ट्रिय स्थिरता का दृष्टिकोणबाट गम्भीर प्रश्न उठाएका छन्। भट्टराईका अनुसार एकातिर रास्वपाकै नेतृत्वको सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनाउने र अर्कोतर्फ आफ्नै एकल निर्णय अरूमाथि लाद्ने प्रयास गर्नु विरोधाभासपूर्ण कदम हुनेछ।

उनले यस्तो निर्णयले राजनीतिक दलहरू, विभिन्न जातीय समुदाय र आम जनताबीच विश्वासको संकट पैदा गर्ने उल्लेख गरेका छन्। त्यसले देशलाई अनिष्टतर्फ धकेल्ने खतरा रहेको उनको भनाइ छ।

डा. भट्टराईले नेपालजस्तो जातीय, क्षेत्रीय र राष्ट्रिय विविधता भएको मुलुकमा लामो संघर्ष र बलिदानपछि मात्रै संघीयता स्थापित भएको स्मरण गराएका छन्। निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिका आधारमा गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संरचनालाई भत्काउने प्रयास भए त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति निम्त्याउन सक्ने उनको ठहर छ।

रास्वपालाई सुझाव दिँदै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल हतारोमा निर्णय नगर्न आग्रह गरेका छन्।

भट्टराईले लेखेका छन्, “संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ।”

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०