विराटनगर । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयले बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।
उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद सचिवालयले स्थगित भएको जानकारी गराएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।