विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।