विराटनगर । चितवनमा आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन जारी छ ।
सोमबार बिहान साढे ८ बजेबाट बन्द सत्र सुरू गर्ने कार्यतालिका भएपनि अहिले सम्म सुरु हुन सकेको छैन ।
पार्टीका प्रवक्ता मनीष झाका अनुसार प्रतिनिधिहरूको नामावली त्रुटि रहेको र सच्याउने क्रम जारी रहेकोले बन्दसत्र सुरू हुन नसकेको हो ।
निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।
बन्दसत्रमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।