मेलोनीबारे ट्रम्पको अभिव्यक्तिले चर्कियो विवाद

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
१ महिनाअघि

 विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको सार्वजनिक विवाद थप चर्किएको छ।

ट्रम्पले जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न आग्रह गरेको दाबी पुनः दोहोर्‍याएका छन् भने मेलोनीले उक्त आरोपलाई पूर्ण रूपमा असत्य र मनगढन्ते बताएकी छन्।

फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि इटालीको टेलिभिजन च्यानल ला–७ सँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूसँग फोटो खिच्न निकै चाहेको र आफूले उनको आग्रह स्वीकार गरेको बताएका थिए।

पछिल्लो अभिव्यक्तिमा पनि उनले आफ्नो भनाइबाट पछि हट्न अस्वीकार गर्दै मेलोनी नै फोटो खिचाउन इच्छुक रहेको दाबी गरेका छन्।

यता मेलोनीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै ट्रम्पको दाबीको कडा खण्डन गरेकी छन्। उनले ट्रम्पका भनाइ पूर्ण रूपमा बनावटी रहेको बताउँदै अमेरिकाका राष्ट्रपतिले आफ्ना निकट सहयोगी राष्ट्रहरूसँग किन यस्तो व्यवहार गरिरहेका छन् भन्ने बुझ्न कठिन भएको प्रतिक्रिया दिएकी छन्।

विवादका बीच इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अमेरिकाको तय भएको भ्रमण स्थगित गरेका छन्। उनी अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ताका लागि अमेरिका जाने कार्यक्रम थियो। ताजानीले ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक भन्दै विरोधस्वरूप भ्रमण स्थगित गरिएको बताएका छन्।

पछिल्लो घटनाले अमेरिका र युरोपेली सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा पुनः तनाव थपिएको छ। जी–७ सम्मेलनपछि सम्बन्ध सुधार हुने संकेत देखिए पनि ट्रम्प र मेलोनीबीचको सार्वजनिक आरोप–प्रत्यारोपले त्यो प्रयासलाई कमजोर बनाएको विश्लेषण गरिएको छ।

पछिल्ला दिनहरूमा ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूप्रति सार्वजनिक रूपमा आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्।

 

प्रकाशित समय: आईतबार ७ असार, २०८३, १४:३८:४९

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०